वाह ! नेपाली विभागः पिएन क्याम्पसमा आफ्नै पुस्तकालय
पाेखरा | भदौ २५, २०७९
पोखराः पृथ्वी नारायण क्याम्पसमा नेपाली विभागले आजदेखि औपचारिकरुपमा आफ्नै पुस्तकालय सञ्चालनमा ल्याएको छ ।
क्याम्पसमा क्षेत्रीयस्तरको पुस्तकालय सञ्चालनमा रहेपनि विभागीय आवश्यकताको महशुस गरी छुट्टै पुस्तकालयको सुरुवात गरेको विभागले जनाएको छ ।
विभागले विशेष कार्यक्रमको आयोजना गरी भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुमार खड्काको प्रमुख आतिथ्यतमा पुस्तकालयको उद्घाटन गरेको हो । सो अवसरमा प्रमुख अतिथि खड्काले पिएन क्याम्पसको शैक्षिक प्रगति प्रदेशकोमात्र नभई देशकै प्रगति भएको उल्लेख गरे ।
‘विश्वमा अहिले कुनै पनि विषयको सूक्ष्मरुपमा अध्ययन, अनुसन्धान गर्ने परिपाटी रहेको छ’ खड्काले भने ‘सोही तवरले नेपाली विभागले पनि विभागीय पुस्तकालय स्थापना गरेकोमा खुशी लागेको छ ।’
नेपाली भाषा साहित्य र संस्कृतिको मियो भएको भन्दै विभागको शैक्षिक कार्यमा मन्त्रालयस्तरबाट थोरै भएपनि सहयोग गर्न पाएकोमा उनले खुशी व्यक्त गरे । स्मरणीय छ, पुस्तकालय स्थापनार्थ भौतिक विकासका लागि मन्त्रालयले १० लाख रुपैयाँ सहयोग गरेको छ ।
उक्त अवसरमा मन्त्री खड्काले शैक्षिक उन्नयनका कुनैपनि कार्यमा सहयोग गर्न मन्त्रालय तयार रहेको बताउँदै विद्यार्थीले पुस्तकालयबाट भरपुर ज्ञान आर्जन गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमको सभापति एवं विभागीय प्रमुख प्राडा कुसुमाकर न्यौपानेले विभागमा आएदेखि आफुले दिनरात गरेको मिहिनेत सार्थक भएकोमा सम्पूर्ण सहयोगीलाई आभार व्यक्त गरे ।
विदेशका विश्वविद्यालय भ्रमणका दौरान विभागीय पुस्तकालय देख्दा पिएनमा पनि यस्तै भइदिए भन्ने कल्पना गरेको बताउँदै आफु कार्यरत विभागमै इच्छाएको काम गर्न पाउँदा खुशी लागेको प्रमुख न्यौपानेको धारणा छ ।
‘मैले गरेको पहलमा मन्त्रालय र मनकारीहरुले गरेको सहयोगको प्रतिफल हो, यो पुस्तकालय’ उनले भने ‘यहाँ विभिन्न शोधार्थीले गरेका शोध र सम्बन्धित थेसिस पनि राखिएका छन्, अब अनुसन्धानमा लाग्ने विद्यार्थीले सन्दर्भ सामग्री खोज्न कतै भौतारिन पर्ने छैन ।’
पुस्तकालय स्थापना भएपनि यसको सञ्चालनमा समस्या भएको उनको दुखेसो छ । ‘पुस्तकालय तयार भयो तर सञ्चालनमा समस्या छ, क्याम्पस प्रशासनसमक्ष कर्मचारीको माग गरेको छु’ न्यौपानेले भने ।
पुस्तकालयमा करिब १० हजार शोधग्रन्थ र पुस्तक रहेका छन् । आफ्नो कार्यकालमा पुस्तकको डिजिटाइजेशन गर्ने इच्छा भएको उनले सुनाए ।
कार्यक्रममा विभागका पूर्व प्रमुख, प्राध्यापक संघ, कर्मचारी संघका प्रतिनिधिले धारणा राखेका थिए । उद्घाटन कार्यक्रममा पुस्तकालयलाई सहयोग गर्ने लायन्स क्लब, अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानलगायतलाई सम्मान समेत गरिएको छ ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

